काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दीपक मनाङ्गे एमालेको उम्मेदवार नभएको स्पष्ट पारेका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले दीपक मनाङ्गेलाई एमालेले समर्थन गर्यो भनेर बाहिर आएको समाचारका विषयमा पार्टीभित्र छलफल गरिने बताए ।
मनाङ्गेलाई हाम्रो आधिकारिक उम्मेदवारले समर्थन गरेको कुरा समाचारमार्फत जानकारी पाएको भन्दै उनले भने– ‘त्यो जिल्लामा के भएको हो भनेर छलफल गछौँ ।’
रावलले अगाडि भने– ‘मैले त्यो बुझ्नुपर्छ । दीपक मनाङ्गेको बारेमा जुन प्रसङ्ग आएको थियो, त्यो हुन सक्दैन भनेर स्थायी कमिटीले प्रष्ट शब्दमा भनेको छ ।’
मनाङको प्रदेशतर्फ क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै मनाङ्गेलाई समर्थन गरिसकेकी छन् । यद्यपी एमाले जिल्ला कमिटीले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन् । र, केन्द्रीय नेतृत्व अनभिज्ञ देखिएको छ ।
अब प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ मा एमालेको कुनै उम्मेदवार छैन । मनाङ्गे एमालेका स्वतन्त्र (बागी) उम्मेदवार हुन् । यहाँ अब काँग्रेस उम्मेदवार कर्मा गुरूङ र मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ ।












प्रतिक्रिया