बाग्लुङ, ९ कात्तिक । आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडको बाग्लुुङ्ग शाखा यही कात्तिक ८ गतेदेखि संचालनमा आएको छ ।
शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईं गरेका हुन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरि अर्याल लगायत कम्पनीका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए ।
उक्त अवसरमा जीवन बीमा क्षेत्रको विकास र विस्तार गरी अग्रणी बीमा कम्पनीको रुपमा आइएमई लाइफ इन्सुरेन्स कम्पनीलाई स्थापित गर्न सफलता मिलोस भनि शुभकामना व्यक्त गरे । सोही अवसरमा अध्यक्ष चापागार्ईंले सबैले आफनो र परिवारको सदस्यको जीवन बीमा गरेर ढुक्क भएर जीवनयापन गर्न पनि उपस्थित सबैलाई आग्रह गर्नुभयो ।
आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी, व्यावसायी, कृषक, सर्वसाधारण साथै आन्तरिक एवं वाह्य पर्यटनको साथसाथै मेचीदेखि महाकालीबाट बैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि समेत यस आइएमई समूहले छिटो छरितो, भरपर्दो एवं विश्वसनियता सेवा प्रदान गर्ने उद्देश्यले आन्तरिक एवं वाह्य रेमिटान्स सेवा, बैकिङ्ग, जीवन तथा निर्जीवन बीमा सेवा, पर्यटन प्रवद्र्धनको लागि केबलकार, अटोमोवाईल सेवा, जलबिद्युत उत्पादन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको जानकारी दिए । आफ्नो गृह जिल्ला समेत रहेको बाग्लुङ्गमा आफ्नो समूहले शुरु गरेका सेवाहरु प्रदान गर्न पाएकोमा अध्यक्ष ढकालले प्रशन्नता ब्यक्त गरे ।
सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।















प्रतिक्रिया