११ मंसिर २०८३, शुक्रबार

वाम गठबन्धनबाट प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा किरण गुरुङको उम्मेदवारी !

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ असोज । नेकपा एमालेका स्थायी समिती सदस्य तथा प्रभावशाली नेता किरण गुरुङले प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको उम्मेदवार बन्ने बताएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा तर्फका उम्मेद्वार गुरुङले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

एमालेको प्रदेश संयोजक समेत रहेका गुरुङले भर्खरैको एक अन्तर्वार्तामा पार्टीभित्रका विभिन्न पंक्तिबाट मुख्यमन्त्री बन्न सुझाव आइरहेको बताउँदै पार्टीले उम्मेदवार बनाउनेमा आफू विश्वस्त रहेको स्पष्ट पारेका छन् ।

पार्टीको बर्तमान जिम्मेवारी र अन्य धेरै कारणले मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको भन्दै उनले ४ नम्बर प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने गरि योजना समेत सोचिसकेको जानकारी दिए ।