११ मंसिर २०८३, शुक्रबार

वाम होइन् दाम गठबन्धन होः विप्लव

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको कडा आलोचना गरेका छन् ।

रुसको अक्टोबर क्रान्तिको सम्झनामा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धनलाई दाम गठबन्धनको संज्ञा दिए ।

‘दृष्टिकोण विहिन, विचारविहिन गठबन्धन जनतालाई भ्रम पार्ने कुरा हो, सरकारमा बस्ने र विपक्षीसँग गठबन्धन पनि गर्ने कसरी वाम गठबन्धन हुन्छ । जनताको रक्षा गर्न नसकेपछिको नाटक हो । जनतालाई विभाजित गर्ने खेल हो,’ उनले भने– ‘एमाले र माओवादीको गठबन्धन प्रचण्ड र ओलीमा सर्वहाराको गर्भ होइन् । भारत र अमेरिकाको गर्भ हो । दलाल पुँजीपतिको गर्भ छ । त्यसले समाजवाद जन्माउँदैन् जन्माउने अर्कै हो ।’

नेता विप्लवले नेपालमा असल कम्युनिष्ट एक हुनुपर्ने भन्दै भ्रष्टाचारको विरुद्धमा कडा कारवाही थाल्ने चेतावनी दिए । ‘हरेक भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । हामी आउँछौं । जसले जनताको कर तिरेको रकम खाएको छ त्यसबाट असुल्नुपर्छ । भ्रष्टाचारको विरुद्धमा सबै सडकमा आउनुस् । अब भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । आयल निगम, हवाई क्षेत्रमा, कर छुटमा ठूलो भ्रष्टाचार भएको छ । चन्द्रागिरीको डाँडो बेचेर खाने भ्रष्टाचारीलाई सडकमा ल्याउनुपर्छ,’ उनले भने ।