२१ कार्तिक २०८३, शनिबार

पूर्व एआईजी डा. तमाङसहित ४ पूर्व जनरल नेसस पार्टीमा प्रवेश

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी अध्यक्ष रहेको नेपाल संघीय समाजवादी पार्टीले पार्टी केन्द्रिय कार्यालयमा आज एक कार्यक्रम गरि पूर्व एआईजी डा. कृष्णकुमार तामाङलाई पार्टी प्रवेश गराएको छ ।

पार्टीका नेता ठाकुर चन्द्र गहतराजले डा. तामाङलाई पार्टीको ब्याच लगाएर पार्टी प्रवेश गराउनु भएको हो । डा. तामाङसंगै चार जना पूर्व जर्नल पनि पार्टी प्रवेश गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका नेता गहतराजले नेसस पार्टी समतामूलक समाज निर्माणको बाटोमा अगाडी बढिरहेकोले सम्पुर्ण शोषित पीडित जातजाती र समुदाय एक ठाउँमा आउनुको बिकल्प नरहेको बताउनु भयो ।

पार्टी प्रवेश गर्दै डा.तामाङले पार्टीको नीति नियम र नेताको बोली व्यबहारमा एकरुपता रहेको, पहिचान र अधिकारको लडाइँमा यो पार्टी प्रतिबद्ध रहेकोले आफू यो पार्टीमा प्रवेश गरेको बताउनु भयो ।