२ कार्तिक २०८३, सोमबार

बालकोटमा प्रचण्डसँग देवी ज्ञवालीको जम्काभेट, देवीको ‘आत्मबल’ देखेर प्रचण्ड उत्साहित

19.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । भरतपुर महानगरपालिकाका पराजित मेयर देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज भएको भेटमा आसन्न निर्वाचन, वाम गठबन्धन लगायत पछिल्लो राजनीतिक परिस्थितीबारे छलफल भएको थियो । ओलीको निजी सचिवालयका अनुसार भेटमा चितवनबाट चुनाव लड्न लागेका प्रचण्डलाई जिताउने विषयमा छलफल केन्द्रीत थियो ।

देबीको आत्मबल देखेर प्रचण्ड उत्साहित

भरतपुर महानगरपालिकामा आफूमाथि भएको षडयन्त्र बिर्सिदै देवी ज्ञवालीले ‘तपाई चितवनबाटै चुनाव लडनुस, म जिताउने कमाण्डर बन्छु’ भनेपछि माओवादी अध्यक्ष प्रचण्ड उत्साहित बनेका छन् । ज्ञवालीले पार्टीका अध्यक्ष केपी ओलीकै अगाडि प्रचण्डलाई जिताउने चुनावी कमाण्डर बन्ने घोषणा समेत गरेका थिए ।

‘म राजनीतिक ब्यक्ति हुँ र दुई पार्टीबीच एकीकरण प्रक्रिया अघि बढिसकेकोले स्थानीय तह निर्वाचनको सवै कुरा बिर्सिएर प्रचण्डलाई चुनावमा जिताउछु । उहाँ (प्रचण्ड) चितवनबाटै चुनाव लडनुपर्छ,’ ओली र प्रचण्डलाई सुझाव दिँदै देवीले भने– ‘म चुनाव जिताउने कमाण्डर बन्न चाहन्छु, चितवनका जनता कांग्रेसले जति भ्रम छरे फस्दैनन ।’

उनले आफू प्रचण्ड हराउन लाग्ने भन्दै कांग्रेसले गरेको प्रचारमा कुनै सत्यता नभएको भन्दै चितवनबाटै चुनाव लड्न अनुरोध गरे । देवीको आत्मविश्वास देखेर भेटमा प्रचण्ड उत्साहित भएको ओलीको सचिवालयले जनाएको छ । उनले आफू चितवनबाटै चुनाव लड्ने भन्दै देवी ज्ञवालीको प्रशंसा समेत गरेका थिए ।

भेटमा अध्यक्ष ओलीले देवी ज्ञवालीलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए । उनले ‘प्रचण्ड कमरेडलाई जिताउने जिम्मा तपाईको हो, तयारी थाल्नुस्’ भनेका थिए ।