काठमाडौं, ८ असोज । राप्रपाबाट एमाले प्रवेश गरेका दीपक मनाङ्गे प्रदेशसभा तर्फ मनाङमा सर्वमान्य उम्मेदवार बनेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका मनाङ्गेविरुद्ध एउटा पनि उजुरी परेन । त्यस्तै, टिकट नदिएको एमालेले पनि अन्ततः मनाङ्गेलाई स्वतन्त्रमै समर्थन गर्दै चुनावमा सघाउने भएको छ । यसका लागि मनाङको प्रदेश क्षेत्र २ का एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी समेत फिर्ता लिइसकेकी छन् ।
खण्डाले मनाङ्गेलाई सघाउने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । जसमा एमाले जिल्ला कार्यसमिति र केन्द्रको समेत समर्थन छ । ‘हामी दुई जना उठ्दा वाम गठबन्धन हार्ने र कांग्रेस जित्ने देखियो, त्यसैले मैले उम्मेदवारी फिर्ता लिएर मनाङ्गेलाई समर्थन गरे,’ उनले भनिन् ।
खण्डाले उम्मेदवारी फिर्ता लिएसँगै प्रदेशसभातर्फ मनाङको क्षेत्र नम्बर २ मा काँग्रेस उम्मेदवार कर्मा गुरूङ र मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ ।












प्रतिक्रिया