२ कार्तिक २०८३, सोमबार

रामचन्द्र पौडेल चुनावमा उठे जमानत जफत हुने काँग्रेस नेताकै दाबी

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– प्रकाशचन्द्र भट्टराई

तनहुँ, ८ कात्तिक । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले अबको चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल चुनाव लडेमा उनको जमानत जफत हुने दावी गरेका छन् ।

बुधबार विहान दमौलीमा पत्रकारहरुसँग कुरा गर्दै नेता जोशीले तनहुँ क्षेत्र नम्बर १ काँग्रेस कार्यकर्ता पौडेलको विरुद्धमा विद्रोह गर्न तयार भएको बसेको बताए । पौडेललाई तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन नलड्न सल्लाह दिँदै जोशीले भने ‘यदी उहाँ जवरजस्ती चुनावमा लड्नु भयो भने उहाँको जमानत जफत हुन्छ, त्यो अवस्था आउनु भनेका उहाँको आत्महत्या सरह हो ।’

आफूले पौडेललाई आत्महत्या गर्नबाट बचाउनको लागि तनहुँ क्षेत्र नम्बर १ मा चुनाव नलड्न सल्लाह दिएको जोशीको भनाई थियो । तनहुँका जनता पौडेलबाट धेरै लामो समयसम्म ठगिएको भन्दै जोशीले अव जनताको भावना अनुसार नै आफु चुनाव लड्न लागेको बताए । आफुलाई पार्टीले टिकट दिए पनि नदिएपनि तनहुँ क्षेत्र नम्बर १ का जनताले टिकट दिईसकेको र उनीहरुकै बलमा चुनाव जित्ने दावी जोशीले गरे ।

पौडेल प्रति निकै आक्रामकरुपमा प्रस्तुत भएका जोशीले पौडेलले सँधै जालझेलको राजनीतिमा मात्र गरिरहेको बताए । २०५१ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट भागेर २ मा चुनाव लड्न पौडेल गएको र अहिले पुनः क्षेत्र नम्बर १ मा नै फर्किएको भन्दै अव सो क्षेत्रका जनताले पौडेललाई स्विकार नगर्ने जोशीको भनाई थियो ।

नेपाली काँग्रेस पछिल्लो समय सिद्धान्तहिन भएको भन्दै जोशीले सत्ता प्राप्तीको लागि जो सुकैसँग पनि घाँटि जोड्न काँग्रेस नेतृत्व तयार भएको जोशीको आरोप थियो ।

गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई नेपाली काँग्रेसले समर्थन गरेको प्रति असन्तुष्ट देखिएका जोशीले भने यसअघि सँधै रुखमा भोट हाल्ने बानी परेका काँग्रेस कार्यकर्तालाई कहिले हसिया हथौडो, कहिले गाई, कहिले हलो र कहिले आँखा चिन्हमा भोट हाल्न नेतृत्वले दवाव दिएको बताए ।