१५ कार्तिक २०८३, आइतबार

कर्मचारी र सुरक्षाकर्मीले भोट हाल्न पाउलान् ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारी, सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट बञ्चित हुने भएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

निर्वाचन कानुनमा सो व्यवस्था नभएपछि कर्मचारीलगायत सुरक्षा निकायका सबै कर्मचारी बञ्चित भएका छन् ।

आयोगका अनुसार निर्वाचनमा खटिएकाले मतदान गर्न नपाए पनि बिदामा बसेकाले भने मतदाता नामावली भएको क्षेत्रमा भने मतदान गर्न पाउनेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचन कानुनले उनीहरुलाई मतदान गर्ने अधिकारबाट बञ्चित गरेको हो ।