२ कार्तिक २०८३, सोमबार

पूूर्वबक्सर गुरुङको उपचारमा आर्थिक सहयोग

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका पूर्वबक्सर अनिल गुरुङलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी(राजन)ले आर्थिक सहयोग प्रदान गरेका छन् ।

सोमबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री केसीले एनआरएन मकाउका पूर्वअध्यक्ष एवम् चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुर्दशन थापामगरको पहलमा मकाउमा रहेका नेपालका पूर्वबक्सरबाट संकलित सहयोग हस्तान्तरण गरेका हुन् ।

हाल मकाउमा रहेका पूर्वबक्सरले दोस्रो चरणमा दशौं सागका कांस्य विजेता गुरुङको उपचारका लागि ८० हजार १ सय रुपैयाँ आर्थिक सहयोग संकलन गरेका हुन् ।

उक्त रकम चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शनको पहलमा खेलकुदमन्त्री केसीले सोमबार नै गुरुङलाई हस्तान्तरण गरे । यसअघि पनि मकाउमा रहेका पूर्वबक्सिङ खेलाडीले गुरुङको उपचारमा सहयोग पु-याउन १ लाख २ हजार २ सय ७५ रुपैयाँ सहयोग गरेको थिए ।

गुरुङलाई सहयोग गर्नेमा सुर्दसन थापामगर, पदमसिंह पन्त, विष्णु श्रेष्ठ, राजु नगरकोटी, चन्डी योङ्या, लेखबहादुर गुरुङ, दोर्जे लामा, विकास परिवार, सुमन कार्की, राजन खत्रि, नरबहादुर खत्री, अम्बिर जोशी, तेजबहादुर चन्द, घनश्याम ओली र शेरबहादुर कोइराला रहेका छन् ।

संकलित रकम हस्तान्तरणपछि चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शनले देशको गौरव खेलाडीलाई सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गरे ।

सो अवसरमा युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी,तेक्वान्दो पूर्वखेलाडी राजिव महर्जन,नेपाल आर्मीका मेजर सागरसम्सेर थापा र काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितीका कोषाध्यक्ष बब्लु सिवाकोटीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा पूर्वबक्सर गुरुङले सहयोगपश्चात खेलाडी जीवनपछि पनि बक्सिङमै जीवन बिताउन आफलाईू उत्साहित गरेको बताए ।