२१ कार्तिक २०८३, शनिबार

बेपत्ता महिला खोजिदिनेलाई पाँच हजार पुरस्कार दिइने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ७ कात्तिक । दूधकोशिका गाउँपालिका– ७ देउसा निवासी बिममाया तामाङ सात दिनदेखि बेपत्ता हुनुभएको छ ।

अठ्तीस वर्षीया बिममाया गत असोज ३० गते साँझ आफ्नै घरबाट बेपत्ता हुनुभएको हो । साँझ पौने ६ बजेतिर घरबाट बाहिर निस्कनुभएका उहाँ कहाँ गएको भन्ने पत्ता लाग्न नसकिएको उहाँका देवर आशमानले बताउनुभयो । उहाँको मानसिक सन्तुलन ठीक नभएको बताइन्छ ।

दुई छोरा र एक छोरीका आमा बिममायाको खोजी भइरहेको परिवारले जनाएको छ । करिब ५ फिट उचाइ भएका बिममायालाई भेटेर खबर गर्ने व्यक्तिलाई सम्मानस्वरुप रु पाँच हजार प्रदान गरिने देवर आशमानले बताउनुभयोे । रासस