काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल एवम् गठबन्धनका विषयमा छलफल गर्ने भएका छन् ।
उनीहरूले दोस्रो चरणको निर्वाचनमा कसरी सिट बाँड्ने भन्ने विषयमा समेत छलफल गर्ने एक नेताले बताए । ‘दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय आइसक्यो’, स्रोतले भन्यो, ‘कांग्रेससँग कुरा गरेर के कहाँ–कहाँ उम्मेदवार बन्ने बारे छलफल गरेर एउटा निर्णय लिने छौँ ।’
राजपा र संघीय फोरमले २ नं. प्रदेशमा कांग्रेसँग आधाभन्दा धेरै सिट माग्ने रणनीति बनाएका छन् । उनीहरूले यसअघि पचास–पचास प्रतिशत सिट बाँड्ने निर्णय गरिसकेका छन् । उनीहरूको यो निर्णयले कांग्रेसलाई असर पर्न सक्छ ।











प्रतिक्रिया