२ कार्तिक २०८३, सोमबार

ऋषि धमलाले कांग्रेस छाड्दै, रौतहट– ४ मा राजपाको उम्मेदवार बन्ने

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । रिपोर्टर्स क्लव नेपालका सभापति ऋषि धमलाले नेपाली कांग्रेस छाडेर महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

रिपोर्टर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा राजपा नेपालका महासचिव केशव झाले यस्तो खुलासा गरेका हुन् ।

‘रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई रौतहटको क्षेत्र नम्बर ४ बाट राजपा नेपालको उम्मेदवार बनाउने पहल र प्रयास भैरहेको छ ।’ उनले यस विषयमा १–२ दिनभित्र ठोस सहमति हुने बताए ।

महासचिव झाले भने, ‘उहाँजस्तो चर्चित फेस पनि राजनीतिमा आउनुपर्छ, हामीले त उहाँलाई पहिल्यैदेखि नै आउनुहोस् भनेका छौं, अहिले पनि उहाँलाई चुनाव उठाउनेबारे अन्तिम प्रयास भएको छ, मलाई लाग्छ हाम्रो प्रयासले सार्थकता पाउनेछ ।’

रिपोर्टर्स क्लव नेपालका अध्यक्ष धमलालाई नेपाली कांग्रेस धादिङले समानुपातिकतर्फ उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको थियो ।

धमलाले टिकट नपाउने संकेत पाएपछि कांग्रेस छाडेर राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल र माओवादी केन्द्रको समर्थनमा रौतहटको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष उम्मेदवारी दिने तयारी गरेका हुन् ।

अध्यक्ष धमलाले प्रत्यक्षमा उम्मेदवारी दिनका लागि विभिन्न शक्ति केन्द्र समेत धाउन थालेका छन् ।