११ मंसिर २०८३, शुक्रबार

मन्त्री थापाले ‘काटे’ कालो झक्कले बोको

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बिक्रमबहादुर थापाले कालो बोको काटेर झण्डोत्तोलन गरेका छन् ।

केही दिन अगाडि सपथ लिएका मन्त्री थापाले सोमबार आफू निकटका सीमित व्यक्ति र कार्यकर्तालाई बोलाएर झण्डोत्तोलन गरेका हुन् । आफ्नै निवासमा मन्त्री थापाले पूजा गरेर कालो बोको काटेर प्रसादका रुपमा बाँडेका हुन् ।

मन्त्री थापालाई सोही क्रममा सात जनाको नेपाली सेनाको टोलीले सलामी समेत दिएको थियो ।

राप्रपाबाट मन्त्री बनेका थापाले पुल्चोकस्थित मन्त्री निवासमा ठाउँ नपाएपछि आफ्नै घरमा बसोबासको व्यवस्था मिलाएका छन् ।