११ मंसिर २०८३, शुक्रबार

मुख्यमन्त्री बन्न कर्ण थापा प्रदेश समानुपातिकमा सिफारिस

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ६ कात्तिक । सात नम्बर प्रदेशको मुख्य मन्त्री बन्न एमाले नेता कर्ण बहादुर थापा प्रदेश सभाको समानुपातिकमा बसेका छन् । एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश सहसंयोजक थापा प्रदेश तर्फको समानुपातिक कोटामा सिफारिस भएका छन् ।

२०७० को चुनावमा बाजुराबाट प्रत्यक्ष तर्फ जितेका थापालाई पार्टीको नेतृत्व तहले मुख्य मन्त्रीका रुपमा अघि सार्ने संकेत गरेपछि प्रदेश सभामा बसेको बुझीएको छ । वाम गठबन्धनबाट पनि प्रदेश ७ को मुख्य मन्त्रीमा कर्ण बहादुर थापाको सम्भावना बलियो देखिएको छ ।

मुख्य मन्त्रीका स्वभाविक दाबेदार एमाले उपाध्यक्ष भीम रावल प्रतिनिधी सभाका लागि सिफारिस भएका छन् । भने यता माओवादी केन्द्रका नेता खगराज भट्ट र लेखराज भट्ट पनि प्रतिनिधि सभामा सिफारिस भएका छन् ।

वाम गठबन्धन हुँदा पनि सात नम्बर प्रदेशको मुख्य मन्त्री एमालेले नै पाउने सम्भावना रहेको छ । पूर्व उद्योग मन्त्री समेत रहेका थापा एमालेमा भीम रावल पछि सात नम्बर प्रदेशमा दोस्रो बरियतामा रहेका छन् ।

थापा स्वयमले पनि मुख्य मन्त्रीमा आफ्नो दाबेदारी स्वीकारेका छन् । भीम रावलले चाहना राखे दाबी रहने थिएन्, उहाँ प्रतिनिधि सभामा जानेभएपछि दाबी स्वभाविक भएको थापाले बताए । नयाँ अनुहारलाई पाटो दिन प्रत्येक्षमा उम्मेदवारी नदिएको उनले थपे ।

जिल्ला तहका माओवादी र एमाले दुबै दलका नेताहरुले पनि थापालाई मुख्य मन्त्रीको उम्मेदवारका रुपमा संवोधन गर्न थालेका छन् । माओवादी पोलिटव्यूरो सदस्य सहदेव बोगटीले प्रदेशको मुख्य मन्त्रीको रुपमा थापा बलियो उम्मेदवार रहेको बताए ।

एमाले बैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश निर्वाचन क्षेत्र २ का उम्मेदवार प्रकाश शाहले पनि अभिभावकीय भूमिका निर्वाह गरेर नेतृत्व सम्हाल्न खोजेको प्रतिक्रिया दिएका छन् ।

बाम गठबन्धनले प्रदेश सभामा पनि बहुमत आउने संभावना रहेको नेताहरुको आँकलन छ । प्रदेशमा माओवादी केन्द्रलाई कमजोर ठानिएपनि सयुक्त जाँदा अधिकांश स्थानमा जित सुनिश्चित हुने नेताहरुको विश्लेषण छ ।

२०७० सालको निर्वाचनमा काँग्रेस पहिलो र एमाले दोस्रो भएको थियो । भने माओवादीले कुनै कुनै निर्वाचन क्षेत्र पनि जितेको थिए । स्थानीय तह निर्वाचनमा भने एमाले पहिलो भएको छ । ८८ स्थानीय तहमध्ये एमालेले ३९ र काँग्रेसले ३८ स्थानीय तह जितेको छ ।