अछाम, ६ असोज । आसन्न प्रदेशसभाको निर्वाचनमा अछाम क्षेत्र नं. १ अन्तर्गतको ख मा नेकपा एमाओवादीले चर्चित बैंकर झपट बोहरा सहित अन्य दुई जनालाई सिफारीस गरेको छ ।
नेकपा एमालेसंग चुनावी तालमेल पछि उक्त क्षेत्र नेकपा एमाओवादीलाई छाड्ने सहमति भएको छ । आर्थिक क्षेत्रमा लामो अनुभव भएका बोहरालाई बाम गठबन्धबनको साझा उम्मेदवारका रुपमा हेरिएको छ ।
अछामको क्षेत्र नं. १ को संघीय संसदमा नेकपा एमालेका उपाध्यक्ष भीम रावल चुनावी मैदानमा उत्रने निश्चित जस्तै छ । लामो समयदेखि नेपालको आर्थिक क्षेत्रसंग क्रियाशिल रहेका बोहरा सफल बैंकरका रुपमा स्थापित नाम हो । बोहरासंग नेपालका बिकास बैकहरुको छाता संगठन डेभलप्मेण्ट बैंकर एसोशिएसनको अध्यक्षका हैसियतले समेत जिम्मेवारी पुरा गरेको अनुभव रहेको छ ।
उक्त क्षेत्रमा हेभिवेट देखिएका बोहराले ब्यवस्थापनमा स्नात्तकोत्तर सम्मको अध्ययन गर्नु भएको छ । राजधानी बाहिरको पहिलो बिकास बैकका रुपमा सुदूरपश्चिमा मालिका बिकास बैक स्थापना गरेका बोहराले उक्त बैंकको संस्थापक कार्यकारी निर्देशक र त्यस पछि कार्यकारी अध्यक्षकारुपमा एघार बर्ष सम्म नेतृत्व गर्नु भएको अनुभव रहेको छ ।
मुलुककै सबै भन्दा धेरै बैंक तथा बित्तीय संस्था संस्थापक रहेको ग्रोमोर मर्चेण्ट बैंकरको स्थापना गरी उनले करिव दश बर्ष उक्त संस्थाको अध्यक्षका रुपमा नेतृत्व गरेका थिए ।
अछाम जिल्लाको बान्नीगढी जयगढ गाउ पालिका वार्ड नं ६ दर्नामा जन्मेका बोहराले सुदूरपश्चिम क्षेत्रलाई नै लक्षित गरेर पछिल्लो पटक साझा बिकास बैकको स्थापना गरेका थिए । साझा बिकास बैकको समेत संस्थापक अध्यक्ष रहेका बोहराको उम्मेदवारी पछि उक्त क्षेत्रको आर्थिक उन्नति हुने कुरामा त्यस क्षेत्रका जनता बिश्वस्त बनेका छन् ।











प्रतिक्रिया