११ मंसिर २०८३, शुक्रबार

मन्त्रिपरिषद बैठकः मुख्यसचिवमा रेग्मी नियुक्त, पुनर्निर्माण प्राधिकरणको सिईओ बने भुषाल

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज विहान बसेको बैठकले रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ५८ वर्षे उमेर हदका कारण कात्तिक ७ गते (भोलि)देखि अनिवार्य अवकाश पाउने भएपछि क्याविनेटले रेग्मीलाई सरकारको २४ औं मुख्यसचिव बनाएको हो ।

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे ।

पुनर्निर्माण प्राधिकरणको सिईओ बने भुषाल

यस्तै, आजको मन्त्रिपरिषदले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ ।

हालका सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै पूर्वसचिव भुसाललाई तत्कालका लागि काम गर्ने गरी प्राधिकरणमा नियुक्त गरेको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए । भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।

राजीनामा स्वीकृत भएसँगै निवर्तमान सिईओ पोखरेललाई आसन्न चुनाव लड्ने बाटो खुलेको छ । उनी कांग्रेसबाट प्रतिनिधिसभातर्फ प्युठानमा चुनाव लड्ने तयारीमा छन् ।