काठमाडौं, ६ कात्तिक । विदेशी ह्याकरहरुले नेपालका बाणिज्य बैकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बाणिज्य बैक एनआईसी एसियाको ३० करोड रुपिया ह्याकरले ह्याक गरेको रहस्य बाहिर आएको छ ।
लक्ष्मी पुजाको दिन बेलुकी बैक बन्द गर्दा मुलुकभर कै शाखाको अवस्था दुरुस्त भएको रिर्पोट सबै शाखा कार्यालयले बैकका कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई दिएको भएपनि आईतबार बिहान बैकको सिष्टम हेर्दा ३० करोड रुपिया नदेखिएपछि बैकमा खैलाबैला मच्चिएको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
बैकले रकमको खोजीगर्ने कामलाई तीव्रता दिइरहेको बेला उक्त रकम अन्तराष्टिय ह्याकरहरुले ह्याक गरेको पत्ता लागेको थियो । बैकबाट उक्त रकम ह्याक भएपछि बैकका सूचना प्रबिधि बिज्ञहरुले ह्याक भएको केही रकम फर्काउन सफल भएपनि अन्य रकम भने ह्याकरहरुले ह्याक गरेर बिदेशमा रहेको बैकमा टान्फर गरेको आशंका गरिएको छ ।
ह्याकरहरले बैकको अन्तरदेशीय बैकिड कारोवारको स्विफ्ट सर्भरमा ह्याक गरेर रकम टान्फर गरेको देखिएको बैकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहांका अनुसार बैकबाट रकम ह्याक भएपछि अहिले स्विफ्ट सिष्टमलाई अहिले बन्द गरेका छौ ।
सहायक कार्यकारी अधिकृत न्यौपानेले रकम ह्याक भएको तर ठुलो रकम ह्याक नभएको बताएपनि बैकका एक उच्च अधिकारीले भने ठुलै रकम ह्याक भएको पाइएपछि अहिले बैकले आन्तरिक रुपमा छानवीन गरिरहेको छ ।
रकम ह्याक भएपछि बैकले स्थानीय फरेन्सिक बिज्ञको सहयोगमा अनुसन्धान गरिहेको सहायक कार्यकारी अधिकृत न्यौपानेले बताउनुभयो ।
अहिले बन्द अवस्थामा रहेको स्विफ्ट सर्भर संचालन गर्न बिदेशी फरेन्सिक बिज्ञले जांच गरेर स्वीकृती दिएपछि मात्रै सर्भर पुन संचालनमा ल्याउने न्यौपालेले बताउनुभयो ।
बैकले अन्तरदेशीय बैकिड कारोबार रकममात्रै ह्याक भएको बताएपनि उक्त बैकमा पैसा राख्ने ग्राकहहरु भने अहिले अलतालिन थालेका छन । बैकले जनताको रकम ह्याक नभएको बताएपनि ग्राहकहरु ढुक्क हुन सकेका छैनन ।
एनआईसी एसिया बैकले उक्त घटनालाई गोप्य रुपमा राखेर छानवीन गरिदिन नियामक निकाय राष्ट बैकलाई आग्रह गरेका थिए । राष्ट बैकले उक्त घटनाको अनुसन्धान गरिरहेको र त्यसबारेमा छिट्टै टुंगोमा पुग्ने बताएको छ ।
राष्ट बैकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार एनआईसी एसिया बैकको खाताबाट बिदेशबाटै रकमान्तर गरेको देखिन्छ । उहांले यो बिषयमा अध्ययन गर्न अध्ययन टोली पठाइसकेको र एनआईसी एसिया बैकसंग कारोवार गर्ने बिदेशी बैकहरुलाई कारोवार नगर्न आग्रह गरेको जानकारी दिनुभयो ।
बैकबाट रकम ह्याक भएको खवर पाएको नेपाल प्रहरीको बिशेष ब्युरो, केन्द्रिय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलीले छुट्टा छुट्टै रुपमा अनुसन्धान शुरु गरेको छ ।












प्रतिक्रिया