११ मंसिर २०८३, शुक्रबार

प्रधानसेनापति क्षत्री किन गए अमेरिका ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । सेनापतिहरुको विश्व सम्मेलनमा सहभागी हुन प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकाको यूएस आर्मड फोर्सका चेयरम्यान अफ द ज्वाइन्ट चिफस् अफ स्टाफ जनरल जोसेफ एफ डनफोर्ड जेआरको निमन्त्रणामा वासिङ्टन डिसीमा कात्तिक ६ देखि ७ गतेसम्म आयोजना हुने ग्लोबल चिफस् अफ डिफेन्स कन्फेरेन्स अन काउन्टरिङ्ग– भ्वाइलेन्ट एक्सट्रिम्ष्ट अर्गनाजेसन (भीईओएस)मा सहभागी हुन कात्तिक ४ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका हुन् ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाई गरेका थिए । भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री कात्तिक ९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।