काठमाडौं, ५ कात्तिक । गुन्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङ्गेले प्रदेशसभाका लागि स्वतन्त्र उमेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।
नेकपा (एमाले)ले प्रदेश सभाका लागि सिफारिस गरे पनि केन्द्रले टिकट नदिएपछि रिसाएका मनाङ्गेले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेका हुन् । उम्मेदवारी दर्ता गराउन मनाङ्गेले दलबलसहित निर्वाचन कार्यालय जाने तयारी गरेका छन् ।
गुन्डा नाइके मनाङ्गेले मनाङ– १ बाट प्रदेशका लागि उम्मेदवारी दिने तयारी गरेको स्रोतको भनाइ छ ।
यसअघि राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे सम्पूर्ण कार्यसमिति नै साथमा लिएर एमाले प्रवेश गरेका थिए ।











प्रतिक्रिया