११ मंसिर २०८३, शुक्रबार

वाम गठबन्धनको साम्यवादी व्यवस्था ल्याउने योजना पूरा हुँदैन : कांग्रेस

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिमा धेरै टिकाटिप्पणी आवश्यक नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.महतले साधारण नागरिक सरह रहेका पूर्वराजाको अभिव्यक्तिलाई सोही रुपमा हेर्नुपर्ने बताए ।

‘संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता सवै नेपाली नागरिकले उपयोग गर्न पाउँछ’, उनले भने, ‘पूर्वराजा साधारण नागरिक हुन् । उनलाई पनि बोल्ने अधिकार छ । यसलाई महत्व दिनुपर्ने आवश्यक्ता म ठान्दिन ।’

मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसकेको भन्दै डा.महतले प्रतिस्पर्धा गरेर नेतृत्वमा आउन सक्ने सबैलाई अधिकार रहेको बताए । उनले भने, ‘निर्वाचनमा भाग लिने । यदि जनताले मत दिन्छन् भने मुलुकको नेतृत्व लिन सकिन्छ । कसैले रोक्दैन ।’

टिकट वितरणमा कांग्रेसभित्र पनि विवाद रहेको उनले बताए । ‘टिकट वितरणमा कतिपय ठाउँमा न्याय भएको छैन’, उनले भने, ‘कतिपय बाध्यताका कारण यस्तो अवस्था आएको हो । वाम गठबन्धनलाई हराउन पनि कांग्रेस एकजुट हुनुपर्छ ।’

वाम गठबन्धनले मुलुकमा साम्यवादी व्यवस्था ल्याउने तयारी स्वरुप भित्रभित्रै योजना बनाएको कांग्रेस नेता डा.महतले आरोप लगाए ।

‘कम्युनिष्ट पार्टीहरू मिलेर साम्यवादी व्यवस्था ल्याउने उद्देश्यका साथ गठबन्धन गरेका छन्’, उनले भने, ‘वामपन्थीहरूको योजना कहिल्यै पनि पूरा हुँदैन । जनताले कांग्रेसलाई साथ दिन्छन् ।’