काठमाडौं, ५ कात्तिक । माओवादी केन्द्रकी प्रवक्ता पम्फ भुसालले वाम गठबन्धनको बहुमत आयो भने नेपालीमा उत्तर कोरियाको जस्तो साम्यवादी व्यवस्था नआउने बताएकी छिन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता भुसालले साम्यावादी व्यवस्था ल्याउने विषयमा कुनै योजना नरहेको बताइन् ।
‘वाम गठबन्धन साम्यवादी व्यवस्था ल्याउनका लागि बनेको होइन’, उनले भनिन्, ‘उत्तर कोरियाको जस्तो व्यवस्था आउँछ भनेर नडराए हुन्छ ।’
उनले वाम गठबन्धनसँग कांग्रेससहितका राजनीतिक शक्तिहरू डराउन नपर्ने बताइन् ।
एमालेसँग पार्टी एकीकरण हुने गरेर कुरा चलिरहेका बेला टिकट वितरणमा देखिएको असन्तुष्टिलाई थाँती राख्नुपर्ने प्रवक्ता भुसालले बताइन् ।
‘सबै आकांक्षीलाई टिकट दिन सकिँदैन’, उनले भनिन्, ‘यस्तो अवस्थामा एमाले र माओवादीबीच वाम गठबन्धन बनेको छ । सबै असन्तुष्टिहरूलाई अहिले बाहिर आउन दिनु हुँदैन ।’











प्रतिक्रिया