१ कार्तिक २०८३, आइतबार

चीनले बनायो पट्याउन मिल्ने स्मार्टफोन

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, ४ कात्तिक । चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इले स्मार्टफोन उद्योगमा पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरेको छ ।

जेडटिइले एक्सोन एम नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो ।

मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ ।

आवश्यकता अनुसार तिनवटा मोड रहेका छन् । डुअल मोडमा प्रयोगकर्ताले दुईवटै स्क्रिनमा अलग–अलग एप्स खोलेर राख्न सक्छन् । एउटा स्क्रिनमा गेम खेल्दै अर्को स्क्रिनमा इन्टरनेट भिडियो हेर्न सकिन्छ ।

फरक स्क्रिनलाई पूर्णरुपमा तन्काएर एउटै ठूलो स्क्रिन बनाउन सकिन्छ । जसमा ट्याबलेट जस्तो भिडियो तथा गेमिङको मज्जा लिन सकिन्छ ।

जेड टी इ मोबाइल डिभाइसका सिइओ लिक्सिन चेंग भन्छन् । एक्सोन एमले एक विल्कुल नयाँ क्याटेगोरी खडा गरेको छ जसमा फोल्डेबल स्मार्टफोन हुनेछ । जेड टी इ यसमा सबैभन्दा अगाडि रहन पूरा मेहेनत गर्नेछ ।

जेड टी इ ले एक्सोन एममा ५.२ इन्चको डुअल फूल एचडी टिएफटी एलसिडी डिस्प्ले राखेको छ । यसमा कर्निंग गोरिल्ला ग्लास फाइभको सुरक्षा प्रदान गरिएको छ ।

यो फोनमा स्नापड्रागन ८२१ प्रोसेर रहेको छ । साथै ४ जिबी र्याम, ६४ जिबी इनबिल्ट प्रोसेसर यसमा रहेको छ ।

यो फोनको अर्को रोचक विशेषता भनेको यसमा २० मेगापिक्सेलको एउटा क्यामरा छ, जसलाई मुख्य क्यामरा र सेल्फी क्यामरा दुबैको रुपमा प्रयोग गर्न सकिन्छ ।

३१८० मिलि एम्पियर आवर क्षमताको ब्याट्री भएको यो फोनमा क्विक चार्ज ३ फास्ट चार्जिङ सपोर्ट फिचर रहेको छ । यसमा एन्ड्रोइड ७.१.२ नूगट फिचर रहेको छ । – एजेन्सी