हेटौँडा, ४ कात्तिक । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कौडा खेल्ने सात जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका– ४ शीतलमहल चोकस्थित सूर्यमान प्रजापतिको घरमा कौडा र नगदसहित सात जनालाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार त्रियासी हजार चार सय पैतालिस रुपैयाँ, कौडा १६ थान, काठको टुक्रा ४ थान र कालो रङको पछयौरा १ थान सहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा हेटौँडा ४ का सूर्यमान प्रजापति, नवल किशोर बर्मा, मुकुन्द लामिछाने, राजेश मान्नधर, संजय मानन्धर, प्रकाश अर्याल र ओसी अख्तर रहेका छन् ।











प्रतिक्रिया