११ मंसिर २०८३, शुक्रबार

धादिङमा वाम गठबन्धनले यसरी बाँडे सिट, दुबै सिट एमालेको पोल्टामा

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ३ कात्तिक । एमाले र माओवादी केन्द्रबीच धादिङ जिल्लामा वाम तालमेलको भावना र मर्मअनुसार सिट संख्या बाँडफाँट भएको छ ।

दुबै दलका नेताहरूको सहमतिमा सिट संख्या वितरण गरिएको हो । धादिङ जिल्लामा एमाले र नेपाली कांग्रेसबीच कडा टक्कर छ । तालमेलसँग कांग्रेसलाई धादिङमा कठिन यात्रा सुरु हुनेछ ।

प्रतिनिधी सभा निर्बाचन क्षेत्र न १ एमालेको भागमा परेको छ । क्षेत्र नं. १ को प्रदेश सभा निर्बाचन क्षेत्र नं. (क ) एमाले (ख) मा माओवादी केन्द्रलाई दिइएको छ ।

प्रतिनिधी सभा निर्बाचन क्षेत्र नं. २ मा एमालेले पाएको छ । क्षेत्र नं. २ को प्रदेश सभा निर्बाचन क्षेत्र नं. (क) माओवादी केन्द्र र (ख) एमालेलाई सिट वितरण गरिएको छ ।