११ मंसिर २०८३, शुक्रबार

हेटौँडामा तस्करको योजना भताभुङ, गाँजा छाडेर भागाभाग

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ३ कात्तिक । तिहारको मौका छापेर तस्करी गर्न लागेको चार बोरा लागूऔषध गाँजा मकवानपुर प्रहरीले बरामद गरेको छ ।

बुधबार मध्यराति सवा १२ बजे ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोली सवार गाडी देखेपछि चार बोरा गाँजा छाडेर केही व्यक्तिहरू फरार भएको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीले चाढपर्वको अवसर छोपेर तस्करी र शान्ति सुरक्षामा असर पार्नसक्ने भन्दै गस्तीलाई तीब्र बनाएको छ ।

हेटौँडा उपमहानगरपालिका – १९ स्थित अधेरी खोल्सा नजिक पुग्दा केही मानिसहरू बसिरहेको देखेपछि सवारी साधन रोकेर सो स्थानमा पुग्दा गाँजा बोकेका मानिसहरू फरार भइसकेको र पक्राउ नर्ग नसकिएको प्रहरी भनाइ छ ।

प्रहरी टोलीले ४ वटा बोरामा रहेको १ सय २५ किलो गाँजा नियन्त्रणमा लिएको थियो । गाँजाका असली मालिकको खोजतलास सुरु भएको छ ।