काठमाडौं, ३ कात्तिक । लाइक नेचुरल ले ली वाइन उद्योगले बजारमा ल्याएको ले ली वाइन ‘हिमाल, पहाड, तराई सबैतिर ले ली वाइन’ भन्ने मूल नारालाई अघि सारेको छ । यसका लागि उद्योगले तिहारपछि ले ली वाइनको देशभर डिस्ट्रिब्युटर विस्तार गर्ने भएको छ ।
योसँगै उद्योगबाट उत्पादित प्रत्येक उत्पादन देशभर रहेका उपभोक्तामाझ पुग्ने उद्योगले जानकारी दिएको छ ।
उद्योगका उत्पादन हाल झापा, उदयपुर, धनकुटासम्म पुगिसकेका छन् । डिस्ट्रिब्युटर विस्तारसँगै हिमाल, पहाड, तराई सबै क्षेत्रका ग्राहकले ले ली वाइन प्राप्त गर्न सक्ने उद्योगले बताएको छ ।
उद्योगले तिहारको अवसर पारेर नेपालको पूर्वी क्षेत्रको बजारीकरणलाई दृष्टिगत गरी विभिन्न कार्यक्रम गर्न लागिरहेको जानकारी दिएको छ ।
यसै क्रममा उद्योगले विभिन्न प्रमोसनल कार्यक्रम, विज्ञापनलगायत गरिरहेको छ । यसका लागि उद्योगले ‘पारखीहरूको चाहना ले ली वाइन’ भन्ने नारा लिई विभिन्न कार्यक्रम गरेको छ ।
उद्योगले नेपालको कला, संस्कृति क्षेत्र पनि अघि बढ्नुपर्नेछ भन्ने मान्यता लिई भारतको रियालिटी सो डान्स प्लसका जजलाई ब्रान्ड प्रमोसनका लागि नेपाल ल्याउने तयारीसमेत गरिरहेको छ ।















प्रतिक्रिया