काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले नेपाली कांग्रेस(विपी) नामक नयाँ पार्टीको घोषणा गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको विधिवत रुपमा घोषणा भएको उनीहरुले जानकारी गराएका हुन् । नेता हरिबोल भट्टराईको नेतृत्वमा नेताहरु क्रमशःपूर्वमन्त्री झलकनाथ वाग्ले, हरिशंकर मिश्र, पूर्वमन्त्री सुशिलमान शेरचन, युवा नेतापुष्प पराजुली र देवेन्द्र पौडेल लगायतका नेताहरु उक्त पार्टीमा आवद्ध छन् ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति भट्टराईले नेपाली कांग्रेस विपी विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित हुँदै अघि बढेकोले आफूहरुले विपी विचारलाई स्थापित् गर्ने मूल उद्देश्यका साथ नयाँ पार्टी निर्माण गरेको स्पष्ट पारे ।
उनले भने, ‘कांग्रेसले विपीको विचारलाई लात हान्यो, पैसा र शक्तिको लागि जुनसुकै शक्तिसँग पनि सम्झौता गर्ने चरित्र देखायो, त्यसैले हामीले वीपीको विचारलाई स्थापित गर्नको लागि यो पार्टी निर्माण गर्यौं ।’
त्यस्तै कार्यक्रममा उक्त पार्टीका उपसभापति झलकनाथ वाग्लेले पार्टी नेता र कार्यकर्ताको अत्यन्तै धेरै अवमुल्य नगर्ने र भुँईफुट्टा वर्गलाई प्रोत्साहन गर्ने गरेकोले आफूहरुले वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा उक्त पार्टी निर्माण गरेको विश्वास दिलाए । उनले थपे, ‘हाम्रो यो पार्टीले यही विचारका साथ सबै निर्वाचन क्षेत्रमा जानेछौं, र नेपाली जनताले हामीलाई अनुमोदन गर्नुहुनेछ भन्ने विश्वास छ ।’
कार्यक्रममा महामन्त्रीद्धय सुशिलमान शेरचन र पुष्प पराजुली, सह–महामन्त्री एवम् प्रवक्ता देवेन्द्र पौडेलले नयाँ पार्टी निर्माणका बारेमा प्रकाश पारेका थिए । उनीहरुले अहिलेको वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन निश्चित नेताहरुलाई निर्वाचित गराउने स्वार्थले मात्रै गठन भएको आरोप लगाएका थिए ।
उक्त पार्टीले २६ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । केन्द्रीय कार्यसमितिमा १. हरिबोल भट्टराई सभापति, २. झलकनाथ वाग्ले, उप सभापति, ३. हरिशंकर मिश्र, उप सभापति, ४. पुष्पराज पराजुली, महामन्त्री, ५.सुशीलमान शेरचन, महामन्त्री, ६.देबेन्द्र, प्रकाश पौडेल प्रवक्ता, ७. दीवबन्धु अर्याल सदस्य, ८ ब्रह्मनारायण चौधरी सदस्य, ९.लोपसांङ लामा सदस्य, १०. कल्पीत पराजुली ११.लोकराज भट्ट सदस्य, १२. माधवप्रसाद लामिछाने सदस्य, १३ रामविलास शाह सदस्य, १४. यज्ञराज भट्ट सदस्य, १५. महेश्वरी यौपाने सदस्य, १६.नरेन्द्र विष्ट सदस्य, १७. चक्रदेव जोशी सदस्य, १८ ऋषभ सापकोटा, सदस्य, १९ गोपालनारायण भट्टचन सदस्य, २० सरोज लामा सदस्य, २१ रामभक्त भट्टराई सदस्य, २२ लक्ष्मी सुनार सदस्य, २३ झपेन्द्र आचार्य सदस्य, २४ पूर्ण वहादुर वि.क सदस्य २५ राजेश कुमार शाही सदस्य, २६ विकास तामाङ्ग सदस्य रहेका छन् ।
यस्तो छ नयाँ पार्टीद्वारा जारी विज्ञप्तिः
वि.सं.२००३ सालमा जननायक विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको नेपालीकाँग्रेसले राष्ट्र–राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल सिद्धान्त मान्दै १०४ वर्षे राणा शासन, ३० वर्षे पञ्चायतीशासन सत्ता विरुद्धको आन्दोलनको सफल नेतृत्वगरिसकेको छ । त्यही पार्टी आज पार्टीको मूल सिद्धान्त, आदर्श र आचरणबाट विचलितहुँदै सत्ता र सम्पत्तिलाई मात्रै निर्विकल्प साध्य ठान्दै अगाडि बढिरहेको छ । वीपीकोइरालाआफ््नो सिद्धान्त र आदर्श विपरीत कहिल्यै जानु भएन । त्यही अडानका कारण आजन्मप्रधानमन्त्रीहुनपाउने अवसरलाई परित्याग गर्दै जेल र निर्वासन रोज्नु भएको हो । विचार र सिद्धान्त नमिल्ने पार्टीसँग पञ्चायतीव्यवस्थाका विरुद्धको आन्दोलन त गर्नु हुँदैन भन्ने मान्यता राख्ने वीपीकोइरालाको विरासतबोकेको पार्टी नेपालीकाँग्रेसको नेतृत्वनिरन्तर सत्ता, सम्पत्ति र सुखसयलकालागिजोसुकैसँग सम्झौतागर्ने प्रवृत्तिले वीपीविचारको खिल्ली उडाएको छ यसले प्रजातान्त्रिकविचार राख्नेहरुलाई लाजमर्दो बनाएको छ । वीपीकोइरालाको विचारको गलतव्याख्या, विश्लेषण गर्ने कम्युनिष्ट र पञ्चहरुले वीपीको विचार र अडान उत्कृष्ट रहेको अभिव्यक्तिदिइरहेका छन् तर आफूलाई वीपीको अनुयायी ठान्ने नेपालीकाँग्रेसले पार्टीको सिद्धान्त,आदर्श र उद्देश्यकाविपरीत भ्रष्टाचार र प्रजातन्त्रविरोधिशासन शैलीलाई शिरोपर गर्दै गइरहेको छ । यिनै प्रवृत्तिका विरुद्धमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै प्रजातान्त्रिकशासन पद्धति, सुशासन, आर्थिक क्रान्ति र सन्तुलित परराष्ट्र नीतिलाई अपरिहार्य मान्दै समृद्ध नेपालको निर्माणको लागिइमान्दार वैकल्पिक राजनीतिकशक्तिको आवश्यकतामहशुस गरी ‘नेपालीकाँग्रेस (वी.पी.)’ गठन गर्ने निर्णय गरेका छौं । पार्टीको उद्देश्यप्राप्तिकालागिनिम्नानुसारकाकार्यसहितको प्रतिबद्धता व्यक्तगर्दछौंः
ड्ड सुशासन र भ्रष्टाचारमुक्त समाजको निर्माण गर्ने । विशेष गरी २०६४ सालदेखि २०७४ सालसम्मप्रधानमन्त्री, मन्त्री र राज्यको केन्द्रीयतहमा रहेकाव्यक्तिहरुको सम्पत्ति छानविन गरी सार्वजनिकगर्न अधिकार सम्पन्नआयोग गठन गर्ने,ड्ड सनातनदेखि चल्दै आएको धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धनकालागिविश्वको एकमात्रहिन्दुराष्ट्रका रुपमा परिचित नेपाललाई सनातनहिन्दु राष्ट्रका रुपमाविकास गर्ने,ड्ड वीपीको विचार र सिद्धान्त जतिपछि भयो उति सान्दर्भिक हुँदै गएकोले वीपीको सिद्धान्त र आदर्शप्र्र्रति प्रतिबद्ध हुँदै यहीउनको सिद्धान्तलाई आत्मसातगर्दै अगाडि बढ्ने,ड्ड नेपालमा रहेको उर्जा क्षमताको भरपुर उपयोग गर्न आम नेपालीजनताको लगानीलाई अनिवार्य गरी मुलुकको आर्थिक समृद्धिका लागि कृषिमाआधुनिकीकरण, पर्यटन प्रवद्र्धन, वन र वनपैदावारको रक्षागर्दै अवसरबाट वञ्चितभई विदेश पलायनभएकालाखौं युवालाई स्वदेशमै रोजगारी दिनकालागिविशेष अभियान संचालनगर्ने,ड्ड हाल सार्वजनिकभएकालोकतान्त्रिक र वाम गठबन्धनका नाइकेहरु दक्षिण र उत्तरतर्फ झुक्नबाध्य सबैका सामु छर्लङ्ग छ । यस्तो चरित्रको अन्त्यगर्दै नेपाली राष्ट्रियता र स्वाभिमानको संरक्षणका लागिपञ्चशील सिद्धान्तको आधारमा सन्तुलित परराष्ट्र नीतिअवलम्बनगर्ने ।ड्ड नेपालमा बढ्दै गइरहेको राजनीतिकअपराधीकरणले प्रजातन्त्रकालागि सर्वस्व सुम्पेका निष्ठावान कार्यकर्ताको तेजोबध मात्रै होइन गुण्डागर्दीलाई सम्मानगर्ने परम्पराको विकास भई दिनप्रतिदिनयसले राष्ट्रियतालाई कमजोर गराउने भएकाले पार्टीमाचरित्रवानव्यक्तिलाई मात्रै नेतृत्वमा स्थापितगर्ने,ड्ड राष्ट्रलाई दुरगामी असर गर्ने खालकाविषयमा निर्णय गर्नुपर्दा जनमत संग्रह गरेर मात्र निर्णय लिने ।
राष्ट्रवादी प्रजातन्त्रवादी रुझानबोकेको पार्टी नेपालीकाँग्रेस(वी.पी.),को चुनावचिन्हकरुवा रहेको व्यहोरा जानकारीकालागि अनुरोध गर्दछौं ।
हरिबोल भट्टराई
सभापति
नेपाली काँग्रेस (वीपी)

















प्रतिक्रिया