२ कार्तिक २०८३, सोमबार

एमाले मनाङले भन्यो- पैसा लुटेको हैन्, कांग्रेसले बाँड्न लाग्दा समातेर प्रहरीलाई बुझाएका हौं

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेकपा एमाले मनाङले चुनाव प्रभावित पार्नेगरी बाँडिन लागेको पैसा नियन्त्रणमा लिँदा लुटपाट, अपहरणको गर्यो भनी आएको समाचारमा आपत्ति जनाएको छ ।

एमाले मनाङका अध्यक्ष पाल्देन छोपाङ्ग गुरुङ्गले विहिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले पैसा बाड्न लाग्दा आफूहरुले नियन्त्रणमा लिएको कुरालाई तोडमोड गरी अपहरण र लुटपाटसँग जोडेकोमा आपत्ति जनाएका छन् ।

‘कांग्रेसका जिल्ला अध्यक्ष समेत रहेका टेक बहादुर गुरुङ्गको जत्थाले सोझा साझा जनतालाई वस्तुको रुपमा खरिद गर्ने कुचेस्टाका साथ केही भिजिलान्तेहरुको साथ १० लाखसहित नार गाउँतर्फ आउदै गर्दा हाम्रो निर्वाचन परिचालन टिमसंग भेट भई सोध पुछ गर्दा भाग्न थालेकोले निजहरुलाई समात्ने क्रममा टासी वाङदीको साथबाट १० लाख भेटी सो रकम र टासी वाङदीलाई सोही दिन कागज समेत गरी आवश्यक कारवाहीको लागि नारफू अन्तर्गत मेता प्रहरी चौकीको जिम्मेवार प्रहरीलाई जिम्मा लगाई आफ्नो प्रचार प्रसारलाई निरन्तरता दिदै ङावल गाँउ तर्फ लागेका हौं,’ विज्ञप्तिमा भनिएको छ- ‘चुनाव लाई प्रभावित पार्ने नियत साथ रकम बाडन गएको टोलीलाई हामीले समाती आवश्यक कानूनी कार्यवाहीको लागी प्रहरीको जिम्मा लगाएको कुरालाई अन्यत्र मोडी हुनै नसक्ने अपहरण, लुटपाट शरिर बन्धक जस्तो वेतुकको आरोप लगाइ घटनालाई अन्यत्र मोडने कामकार्य टेकबहादुर गुरुङ्ग समेतको टोलीबाट हुन गएको हुँदा यस्ता क्रियाकलापबाट स्वतन्त्र तथा निश्पक्ष निर्वाचन सुनिश्चितता नहुने हुँदा यस्ता गलत क्रियाकलाप गर्ने पार्टी तथा व्यक्ती उपर आवश्यक कारवाही हुन हामी निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय समेत निर्वाचन परिचालनसंग सम्वन्धित कार्यालय तथा संघ सस्थालाई अनुरोध गर्दछौं ।’

एमाले मनाङ स्वतन्त्र तथा निश्पक्ष निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै अध्यक्ष गुरुङ्गले कानून विपरित हुने सबै क्रियाकलापलाई रोक्न र कानूनको शासन कायम गर्ने कार्यतर्फ लाग्न सबैमा आह्वान गरेको छ ।

यस्तो छ एमाले मनाङको विज्ञप्तिः

आगामी २०७४ मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले भाद्र महिना बाटै आचर संहिता लागू गरेको थियो । आचर संहिता लागू भै सकेपछी निर्वाचन लाई प्रभावित गर्ने गरी नेपाली कांग्रेस मनाङबाट बिभिन्न अवान्छित क्रियाकलाप हुदै आएका छन । ने.क.पा.एमाले मनाङ जिल्ला कमिटका अध्यक्ष पोल्देन छोपाङ्ग गुरुङको नेतृत्वमा नारफू गाँउ पालिकामा चुनाव प्रचार प्रसार गर्ने क्रममा निर्वाचनमा ने.क.पा. एमाले प्रति जनउभार देखे पछी सो बाट अतालिएर ने.का.का जिल्ला अध्यक्ष समेत रहेका टेक बहादुर गुरुङ्गको जत्थाले सोझा साझा जनतालाई वस्तुको रुपमा खरिद गर्ने कुचेस्टाका साथ केही भिजिलान्ते हरुको साथ रु १००००००(दश लाख ) सहित नार गाँउ तर्फ आउदै गर्दा हाम्रो निर्वाचन परिचालन टिम संग भेट भई सोध पुछ गर्दा भाग्न थालेकोले निज हरुलाई समात्ने क्रममा टासी वाङदी को साथबाट रु १००००००। दस लाख भेटी सो रकम र टासी वाङदीलाई सोही दिन कागज समेत गरी आवश्यक कारवहीको लागी नारफू अन्र्तगत मेता प्रहरी चौकीको जिम्वेवार प्रहरीलाई जिम्मालगाई  आफ्नो प्रचार प्रसारलाई निरन्तरता दिदै ङावल गाँउ तर्फ लागेका हौं ।

चुनाव हार्ने सुनिश्चितता भएको कारण तथा सरकारको नेतृत्व समेत आफ्नो पार्टीको भएकोले गृह प्रशासनलाई समेत प्रभावमा राख्ने नियत साथ हाम्रा पार्टीबाट प्रस्तावित उमेदवार हरु उपर गलत मनसाय राखी अनावश्क दुःख दिने नियत साथ विभिन्न संचार माध्यमबाट प्रसारीत समाचार हरु तथा जिल्लाका विभिन्न ठाँउमा हुदै गरेका उछरिङखल गतिविधी प्रति हाम्रो पार्टीको गम्भिर ध्यान आक्रसित भएको व्यहोरा जानकारी गराउदछौं ।

चुनावलाई प्रभावित पार्ने नियत साथ रकम बाडन गएको टोलीलाई हामीले समाती आवश्यक कानूनी कार्यवाहीको लागी प्रहरीको जिम्मा लगाएको कुरालाई अन्यत्र मोडी हुनै नसक्ने अपहरण,लुटपाट शरिर बन्धक जस्तो वेतुकको आरोप लगाइ घटनालाई अन्यत्र मोडने कामकार्य टेक बहादुर गुरुङ्ग समेतको टोली बाट हुन गएको हुँदा यस्ता क्रियाकलाप बाट स्वतन्त्र तथा निश्पक्ष निर्वाचन सुनिश्चितता नहुने हुँदा यस्ता गलत क्रियाकलाप गर्ने पार्टी तथा व्यक्ती उपर आवश्यक कारवाही हुन हामी निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय समेत निर्वाचन परिचालन संग सम्वन्धित कार्यालय तथा संघ सस्था समेतलाई हार्दिक अनुरोध गर्दछौंने.क.पा.एमाले मनाङ स्वतन्त्र तथा निश्पक्ष निर्वाचनको पक्षमा रहेको कुरा अवगत गराउदै कानून विपरित हुने सवै क्रियाकलाप लाई रोक्न र कानूनको शासन कायम गर्ने कार्य तर्फ लाग्न सबै सम्वन्धित निकायलाई अनुरोध गर्दछौं र सत्य तथ्य नबुझी भ्रमको पछाडी नलाग्न सवै आम नागरीकलाई ने.क.पा.एमाले मनाङ हार्दिक अनुरोध गर्दछौं ।

पाल्देन छोपाङ्ग गुरुङ्ग
अध्यक्ष

मिति: २०७४/०७/०२