काठमाडौं, २ कात्तिक । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले कांग्रेससँग चुनावी गठबन्धन हुने बताएका छन् ।
उनले भने, ‘यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल हुन्छ, म विश्वास दिलाउन चाहन्छु ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै संयोजक ठाकुरले अगाडि भने, ‘कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब–करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका छौं ।’ यद्यपी उनले राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनलाई ५५ सिट चाहिन्छ भनेर रणनीति लिएको समेत सुनाए । मिल्नको लागि नै आफूहरुको कांग्रेस नेताहरुसँग भेटवार्ता भैरहेको उनले जानकारी दिए ।
नेता ठाकुरले एमाले र नेकपामाओवादी केन्द्रवीचबनेको नयाँवामपन्थी गठबन्धन सत्ता स्वार्थको लागिभएको आरोप लगाए । उनले भने, ‘वामपन्थीहरुको गठबन्धन कुनै सिद्धान्तले गर्दा बनेको होईन, उनीहरुवीच तालमेल पनि सायद हुँदैन होला, म फेरि दोहोर्याएर भन्छु वाम ध्रुवीकरण सत्ताको लागि हो, उत्तर र दक्षिण नमिल्ने शक्तिहरु एक ठाउँमा आउन र मिल्न नै सक्दैनन् नि ।’
ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेद्धवारहरुको लाईन लागेको समेत सुनाए । उनले भने,‘यो आवश्यकता पनि हो, पद आवधिक हुन्छ, नेतृत्वलाई आmफ्नो चयन गर्न अधिकार हुन्छ । त्यो अहिले भैरहेको छ ।’
स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेकोले चुनावप्रति सम्पूर्ण जनताको चासो बढेको उनको भनाई थियो । उनले भने, ‘अहिले त हाम्रा पहाडका साथीहरु टिकट लिएर गैसक्नुभयो, वार्ता चलिरहेको छ ।’
त्यस्तै उनले पहाड होस् वा मधेश सबै ठाँउका नेपालीहरु मिलेर जानुपर्ने बताए । उनले भने,‘राजनीतिक धुव्रीकरण हुनु आर्थिक हिसाबले मुलुकलाई अघि बढाउने हो भने राम्रो हुन्छ ।’
उनले सबैलाई नेपाली देख्नुपर्ने पनि बताए । ठाकुरले थपे, ‘सबैलाई नेपाली हुँ भन्ने अपनत्व हुनुपर्ने भाव संविधानमा सबैको अपनत्व हुनुपर्छ, सबैको चेहरामा नेपाली देख्नुपर्यो ।’
कार्यक्रममा अध्यक्ष ठाकुरले ऋषि धमलालाई मधेशमा आएर चुनाव लड्ने कुरा सुनेको भन्दै भव्य स्वागत गर्न आफूहरु तयार रहेको जनाए । उनले थपे, ‘ऋषिजी मधेशमा आएर चुनाव लड्नुहुन्छ भने हामी स्वागत गर्छौं ।’












प्रतिक्रिया