युएई । नेकपा एमाले निकट रहेको प्रवासको संगठन प्रवासी नेपाली मंच युएईले, गत २२सेप्टेम्बर २०१७ मा कार्यस्थलमा दुर्घटना भई उपचारको क्रममा २ अक्टोबरमा निधन भएका सिन्धुपालचोक जिल्लाका दिनेश शाक्य कि श्रीमती कमला श्रेष्ठलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
१८ अक्टोबर बुधबारका दिनएक कार्यक्रम गरि युएईमा रहेका नेपालीद्वारा संकलित रकम करिब एक लाख एकचालीस हजार रुपैयाँ मृतक शाक्यकी श्रीमती कमला श्रेष्ठलाई हस्तान्तरण गरिएको सहयोग संकलन अभियानका संयोजक तथा प्रवासी नेपाली मंच युएईका महासचिव भेसराज ढकालले जानकारी दिएका छन ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रवासी नेपाली मञ्च युएईका कार्यबाहक अध्यक्ष महेश गिरी, महासचिव भेषराज ढकाल, राष्ट्रिय कमिटी सदस्य प्रमोद देउजा, राष्ट्रिय कमिटी सल्लाहकार सदस्य भिमनारायण श्रेष्ठ, आबुधावी राज्य कमिटीका अध्यक्ष पुष्कर शर्मा, उपाध्यक्ष विपिन सापकोटा लगायतकोउपस्थिति रहेको थियो ।
मंचले अल्पायुमा नै अकल्पनीय ढंगले दुर्घटनामा परि उपचारको क्रममा मृत्यु वरण गरेका दिनेश शाक्य प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेको छ र शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेको छ ।















प्रतिक्रिया