११ मंसिर २०८३, शुक्रबार

थबाङमा सुरु भयो ‘विप्लव’को उत्पात !

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, २ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा जनसत्तालाई ब्यूँताएको छ । जनसत्तालाई सशक्त बनाउने नेकपाले कसरत गरेको छ ।

जनसत्तालाई सशक्त बनाउने तयारी स्वरुप नेकपाका महासचिव विप्लव थबाङ आइपुगेका छन् । उनले थबाङका कार्यकर्ता र जनतासँगको भेटघाटलाई तीव्र बनारहेका छन् । विप्लवले थबाङलाई आफ्ना आधार किल्ला बनाउने तयारी समेत गरेका छन् ।

स्थानीय तहको चुनावमा नेकपाका थबाङी नेता कार्यकर्ताले स्वतन्त्रबाट चुनाव लडेपछि पार्टीले कारवाही गरेको थियो । कारवाही फुकुवा गरेपछि महासचिव विप्लव थबाङ पुगेका हुन् ।

थबाङका नेता कार्यकर्ताले पार्टीको नीति विपरित चुनावमा भाग लिनु गलत भएको स्वीकार गरेको नेकपाका जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ले दाबी गरे ।

नेकपाले पार्टीको केन्द्रीय कमिटी र राप्ती अञ्चल व्यूरोको बैठकबाट केन्द्र, व्यूरो र जिल्ला तहका नेताको कारवाही फुकुवा गरिसकेको छ ।

थबाङ गाउँपालिका वडा नम्बर २ मा स्वतन्त्र प्यानल विजयी भएका थिए ।उनीहरूले भने जनप्रतिनिधिबाट राजीनामा दिएका छैनन् ।

यसैबीच, नेकपाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा रोल्पासहितका जिल्लामा निर्वाचन हुन नदिने चेतावनी दिएको छ । थवाङमा एउटा पनि मत खस्न नदिने विप्लवले जनाएका छन् ।