२१ कार्तिक २०८३, शनिबार

सालोको कुटाइबाट भिनाजुको ज्यान गयो

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १ कात्तिक (रासस) । मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ ।

घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै सालो श्रीमान तामाङ्ले लडाएर घाइते बनाइदिएका थिए ।

टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल, त्रिशूलीमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । झगडामा संलग्न रहेका श्रीमान तामाङलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।