काठमाडौं, १ कात्तिक । तरुण दलका नेता तथा कांग्रेसका युवा नेता जन्मजय तिमल्सिनाले बर्दियाको प्रदेशसभा क्षेत्र नं ४ (ख)मा प्रत्यक्षतर्फ टिकट पाउने सम्भावना बढेको छ ।
निर्वाचन क्षेत्र र बर्दिया जिल्ला कार्यसमितिले एक नम्वरमा नाम सिफारिस गरेकाले पनि उनको टिकट पाउने सम्भावना बढेको हो ।
सो क्षेत्रबाट उनीसंगै जिल्ला समितिले दीपक भण्डारी, भद्रवहादुर शाही, हरिहर गौतम र नाचुराम थारुको नाम पनि सिफारिस गरेको छ ।
अन्य सिफारिस भएका नेता भन्दा तिमल्सिना स्थानीय स्तरमा ज्यादै लोकप्रिय रहेको र कांग्रेसले जित्नका लागि तिमल्सिनालाई टिकट दिनुको विकल्प नरहेको सो क्षेत्रका कांग्रेसका एक कार्यकर्ताले बताए ।
तिमल्सीनाले सो क्षेत्रको विकासका लागि एक पटक प्रदेशमा सांसद बन्न सिफारिसका लागि पार्टीलाई अनुरोध गरेको बताए । त्यहाँ थारु समुदायको बाहुल्यता छ ।
तिमल्सीनाको थारु समुदायसंग राम्रो सम्वन्ध रहेकाले पनि निर्वाचन जित्न सहज रहेको बर्दियाबासी बताउँछन् ।
२०४६ सालको जनआन्दोलन अगावै नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा होमिएका तिमल्सीनाले २०४९ सालमा बर्दिया नेपाल विद्यार्थी संघको उपाध्यक्ष भई कार्यबाहक अध्यक्षको रुपमा काम गरेका थिए ।
त्यसपछि निरन्तर नेविसंघमा काम गरेका तिमल्सीना २०५५ सालदेखि अहिलेसम्म तरुण दलमा काम गरिरहेका छन् । २०५८ सालमा तरुणदल भेरी अञ्चल संयोजक भएका उनी २०६० सालमा तरुण दल केन्द्रिय सदस्य बने । त्यसपछि तरुण दलको सचिव र कार्यबाहक अध्यक्षसम्म भई १३ बर्ष केन्द्रमा काम गरे ।
तिमल्सीना कांग्रेसको १२ औं र १३ औं महाधिवेशमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि थिए । २०६३/६३ मा जनआन्दाोलनमा र शाही शासन कालमा जेल जीवनको लामो अनुभव भएका तिमल्सीना २०४६ को जनआन्दोलनमा पनि नेविसंघको कार्यकर्ताको हैसियतमा सहभागि भए ।












प्रतिक्रिया