काठमाडौं, ३१ असोज । निर्वाचन आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ ।
‘आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई तोकिएको कार्य शर्तअनुसार कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालयमा झिकाई काममा लगाउन भनी सहमति माग गरेकोमा आयोगको आचारसंहितासँग सम्बन्धित बैठकले सहमति प्रदान गर्ने निर्णय गरेको हो’, आयोगद्वारा विज्ञप्तिमा उल्लेख छ ।
निगमको जग्गा खरिद प्रकरणमा अनियमितता गरेको भन्दै विवादमा तानिएका कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयले हटाए पनि पुनः सर्वोच्च अदालतले काममा पठाइ दिएको थियो ।















प्रतिक्रिया