२१ कार्तिक २०८३, शनिबार

रुकुममा म्यादी प्रहरीका लागि २१ सय बढीको आवेदन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम ३१, असोज । आगामी प्रतिनीधि र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीमा पुर्वी र पश्चिम रुकुमबाट २ हजार १ सय ५१ व्यक्तिले आवेदन दिएका छन् ।

दुवै जिल्लाका लागि पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयमा १६ सय ६६ पुरुष र ४ सय ८५ जना महिलाले म्यादी प्रहरीमा आवेदन दर्ता गराएका हुन् । पुर्वी रुकुममा केही समय अघि मात्र जिल्ला प्रहरी कार्यालयको स्थापना गरिए पनि म्यादि प्रहरीको आवेदन भने पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयबाट लिईएको छ ।

दुईवटै जिल्लाको एकै ठाउँबाट आवेदन बुझिएकाले म्यादि प्रहरीको आवश्यक कोटा हाल निर्धारण नगरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले बताएको छ । बढ्दो बेरोजगारी सम्स्याका कारण सोमबार राती अबेर सम्म रुकुममा म्यादि प्रहरीमा आवेदन दिनेहरुको भिड लागेको प्रहरीले बताएको छ ।

यसअघि स्थानीय तह निर्वाचनका लागि रुकुमका दुवै जिल्लाबाट ७ सय ८५ जना व्यक्तिले म्यादि प्रहरीमा आवेदन दिएका थिए ।