२ कार्तिक २०८३, सोमबार

गच्छदार आएसँगै टिकटका लागि कांग्रेसमा ‘गुण्डा नाइके’बीच कडा टक्कर, कसले पाउला ?

21.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएसँगै ‘गुण्डा नाइके’ गणेश लामा पनि सोमबारदेखि कांग्रेसको कार्यकर्ता बनेका छन् ।

फोरममा केन्द्रीय सदस्य रहेका लामा काभ्रे निर्वाचन क्षेत्र नम्बर १ मा चर्चित नाम हो । उनले २०७० सालको संविधानसभा निर्वाचनमा एक्लै भिडेर तेस्रो स्थान बनाएका थिए । र, यसपटकको चुनावमा पनि उनले यहाँ टिकटको दाबी गरेका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष विजय गच्छदारसहित फोरम कांग्रेसमा समाहित भएलगत्तै काभ्रेको पनौती पुगेर लामाले आफू अब कांग्रेसको कार्यकर्ता भएको र केन्द्रबाट टिकट ल्याएर आउने घोषणा गरे ।

उनको यो घोषणा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि कांग्रेसबाट सर्वसम्मत सिफारिस तीर्थ लामाका लागि काउन्टर थियो । तीर्थ पनि ‘गुण्डा नाइके’ नै हुन् । फरक यति हो गणेश काठमाडौं उपत्यकामा गुण्डागर्दी गर्छन् भने तीर्थ काभ्रेमै आतंक मच्चाउछन् ।

तीर्थ दावा लामाको मुख्य मान्छे अर्थात ‘राइट ह्याण्ड’ हुन् । उनीमाथि अहिले पनि विभिन्न मुद्दा चलिरहेका छन् । यहाँ एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट पूर्व राज्यमन्त्री एवं माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सूर्यमान दोङले टिकट पाउने चर्चा छ । तर, यी उम्मेदवारमध्ये जित्ने सम्भावना गणेश लामाकै रहेको चर्चा काभ्रेको राजनीतिक वृतमा हुने गरेको छ ।

अझ रोचक कुरा त के भने कांग्रेसमा तीर्थ लामा देउवाका विशेष मान्छे हुन भने गणेश लामा गच्छदारको । गणेश लामाले २०७० सालको निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट तेस्रो लोकप्रिय मत पाएका थिए । र, तीर्थ पहिलो हुँदै संसदमा निर्वाचित भएका थिए । पुराना नेता शिवप्रसाद हुमागाँईको नाममा विवाद गरेर सर्वसम्मत बनेका तीर्थलाई पार्टी एकतापछि अब गणेशले चुनौति दिने भएका छन् । यहाँ देउवालाई बाध्यात्मक परिस्थिती के आइलाग्छ भने पार्टीमा भर्खर आएका गच्छदारले गणेशलाई अघि सारे नैतिक रुपमा टिकट दिनुपर्ने हुन्छ । किनकि उत्साहित भएर भर्खर पार्टीमा आएका गच्छदारको चित्त चुनावको मुखमा देउवाले दुखाउने छैन्न । र, काभ्रेमा वाम गठबन्धन हराउन पनि गणेश उपयुक्त उम्मेदवार हुनसक्छन् ।

विगत हेर्ने हो भने दुवै गुण्डा नाइके (तीर्थ र गणेश) राजनीतिक संरक्षणका लागि २०६४ अगाडि राप्रपामा आवद्ध रहेका थिए । यिनीहरुका गुरु भने वर्तमान उद्योग राज्यमन्त्री रेशम लामा हुन् । तीर्थ लामाले कांग्रेसमा प्रवेश गर्ने वितिकै टिकट लिएर चुनाव काभ्रे क्षेत्र नम्बर १ बाट जितेका थिए । तीर्थ भूकम्पको समयमा राहत लुटेको भन्दै चर्चामा समेत आएका थिए । विगतदेखिनै काभ्रेली समूहका यी दुई गुण्डा नाइके बीच द्वन्द्व रहि आएको छ ।

समाजिक काममा तीर्थभन्दा अगाडि गणेश लामा

काठमाडौं उपत्यकामा गुण्डागर्दी गरेर चर्चामा आएपछि गणेश लामा जिल्लामा भने समाजसेवीका रुपमा परिचित छन् । स्थानीय स्तरमा विभिन्न सामाजिक काममा तीर्थ भन्दा अगाडी रहँदै आएका छन् । गणेश लामा विद्यालय तथा युवा बालबालिकाको क्लवमा सहयोगीको भुमिकामा जिल्लामा चर्चित छन् । त्यस्तै, तीर्थ लामा भने अवैध क्रसर सञ्चालकका रुपमा चिनिन्छन् ।

जिल्लामा सामाजिक काम गर्ने व्यक्तिका रुपमा चर्चित गणेश लामा र अवैध कारोबारमा चर्चित तीर्थबीच टिकटका लागि कडा प्रतिस्पर्धा केन्द्रमा हुने देखिएको छ । यतिबेला जसले टिकट ल्याए पनि कांग्रेसबाट गुण्डाका नाइकेले नै ल्याउने देखिन्छ ।