काठमाडौं, ३१ असोज । एसएवि पब्लिक स्कूल घट्टेकुलोले नेपाली साहित्यका शिखर पुरुष लक्ष्मीप्रसाद देवकोटाको १०९औं जन्मजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रमका गरेको छ ।
स्कूल परिषरमा मंगलबार साहित्यकार र कविहरूबाट कविता वाचन, नेपाली परम्परा उजागर गर्ने देउसी भैलोलगायतका विविध कार्यक्रम गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कार्यक्रम गीतकार रत्न शम्सेर थापाकोे प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा हास्यकवि तथा विद्यालय निर्देशक पे्रम वली, केरा अर्याल, सुनिता खनाल, टेकबहादुर कोइराला.लगायतले कविता वाचन गरेका थिए ।
नेपाली साहित्यको शिखर पुरुष महाकवि देवकोटाले दिएको योगदानको कदरस्वरुप देवकोटाको कृति, व्यक्तित्व एवम् साहत्यिक योगदानबारे साहित्यकार जीवनाथ धमलाले उल्लेख गरेका थिए ।
तिहारलाई स्वागत गर्दै विद्यार्थीले आ–आफ्नो नृत्य र संगीत प्रस्तुत गरेका थिए । डिल्लीबजार रोट्रयाक्ट क्लवबाट प्रस्तुत गरिएको देउसी भैलो कार्यक्रममले तिहार पर्वलाई नजिकबाट नियाल्ने मौका पाएको थियो ।
गीतकार रत्नशम्सेर थापाले लक्ष्मीप्रसाद देवकोटा नेपाली शिक्षा र साहित्यका जग तथा नेपालीहरूको पहिचान भनेकै विरता, मित्रता र प्राकृतिक शुद्व सांस्कृतिक सौन्दर्य रहेको बताए ।
एसएवि विद्यालयका प्रिन्सिपल एवम् सूर्योदय एजुकेशन फाउन्डेशनका अध्यक्ष लक्ष्यबहादुर के.सी.ले देवकोटाको योगदानको स्मरण गरेका थिए ।
कार्यक्रममा चीन सांस्कृतिक केन्द्रबाट वाङग हेजी चिनियाँ भाषा शिक्षकहरूको क्याप्टेन होउ मिन्जे तथा वरिष्ठ फोटोग्राफर राजभाई सुवालको पनि उपस्थिति थियो ।
कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भोजबहादुर शाह, रोटरी क्लब अफ डिल्लीबजारका शंकर श्रेष्ठ तथा डिल्लीबजार रोटरयाटका रुद्र सुवेदीले शुभकामना तथा बधाइ दिएका थिए ।

















प्रतिक्रिया