११ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री निर्वाचन सार्ने षडयन्त्रमा लागेको गृहमन्त्रीको खुलासा !

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी मंसिरमा हुने निर्वाचनलाई सार्ने षडयन्त्रमा लागेको सरकारकै एक मन्त्रीले खुलासा गरेका छन् ।

गृहमन्त्री जनार्दन शर्माले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवा निर्वाचन सार्न षडयन्त्रमा लागेको खुलासा गर्दै निर्वाचन सम्पन्न गराउन आफूहरु तत्काल सरकार नछाड्ने स्पष्ट पारेका हुन् ।

‘पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले सरकारबाट फिर्ता हुने भनेर ड्राफ्ट तयार पारी सहि गर्नै लाग्दा निर्वाचन सारिदैछ भन्ने सूचना आयो,’ गृहमन्त्री शर्माले भने– ‘ निर्वाचन सार्ने कुरा आइसकेपछि सरकार नछोड्ने निर्णय भयो । निर्वाचन सार्ने षडयन्त्र हुने हो भने सरकार छाड्दैनौं ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्पन्न गराउने भनेर लिखित रुपमा प्रतिबद्धता जनाए आफूहरु सरकार छाड्ने शर्त पनि अघि सारे ।

‘यति लिखित रुपमा प्रधानमन्त्रीले हामी निर्वाचन गर्छाै भन्यो भने हामी सरकार छाड्छौं । निर्वाचन सम्पन्न गर्ने कुरा मुख्य कुरा हो । तर, हामी सरकारबाट बाहिरिन तयार छौं,’ उनले भने ।