२१ कार्तिक २०८३, शनिबार

कांग्रेस नेता खतिवडाले फिर्ता गरे रातो पासपोर्ट

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद रामहरि खतिवडाले सुविधाको रातो पासपोर्ट फिर्ता गरेका छन् ।

व्यवस्थापिका संसदबाट प्राप्त रातो पासपोर्ट नेता खतिवडाले सोमबार संसद सचिवालयको सांसद सुविधा शाखालाई बुझाइ दिएका हुन् । ‘सरकारले सांसदको हैसियतमा उपलब्ध गराएको रातो पासपोर्ट मैले फिर्ता गरिदिए’, उनले भने, ‘पासपोर्ट कतै पनि दुरुपयोग नहोस भनेर सम्बन्धित निकायमा बुझाइ दिएको हुँ ।’

व्यवस्थापिका संसद सदस्यको रुपमा झिकिएको सो रातो पासपोर्ट २०७४ सात माघ १४ सम्म प्रयोग गर्न पाइने थियो ।

संसदको समय सकिदा समेत धेरै सांसदहरूले सुविधामा पाएको रातो पासपोर्ट फिर्ता गरेका छैनन् । विगतमा केही सांसदहरूको रातो पासपोट खरिद बिक्री समेत भएका थिए ।