२१ कार्तिक २०८३, शनिबार

थारु पत्रकार संघ कपिलवस्तुमा नयाँ नेतृत्व चयन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, ३१ असोज । थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

जिल्लाको वाणगंगा नगरपालिका गजेहडास्थित बिपी स्मृति भवनमा सम्पन्न दोस्रो साधारण सभा तथा अधिवेशनले श्याम बहादुर थारु अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा रञ्जना रौतार, सचिवमा सरिता थारु, सहसचिवमा द्वारिका प्रसाद थारु र कोषाध्यक्षमा सीमा थारुलाई अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै थारु पत्रकार संघको जिल्ला कार्यसमिति सदस्यहरुमा सृजना थारु, रमेश थारु, रामऔतार थारु र पुष्पा थारु चयन भएको बताइएको छ ।

संघको नयाँ नेतृत्व चयनसँगै बसेको पहिलो बैठकले थारु पत्रकार संघ नेपालको आगामी कार्तिक १८ गते हुने केन्द्रिय महाधिवेशका लागि प्रतिनिधि छनौट गरेको छ ।

संघका जिल्ला अध्यक्ष श्याम सि.टी, सल्लाहकार सिताराम चौधरी र सचिव सरिता थारुलाई जिल्लाबाट प्रतिनिधि पठाउने निर्णय गरेको बताइएको छ ।