काठमाडौं, ३१ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समिति बैठक बस्दैछ ।
काठमाडौंको गोकर्णमा अपरान्ह तीन बजेपछि स्थायी समितिको बैठक बस्नेछ । बैठकमा प्रदेश र प्रतिनिधि सभाको उम्मेदवारहरूका विषयमा छलफल केन्द्रित हुनेछ ।
स्रोतका अनुसार बैठकले निर्वाचनमा कसरी रणनीति बनाएर प्रतिस्पर्धामा जाने भन्ने बारेमा पनि छलफल गर्नेछ ।
बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन र सिट बाँडफाँटका बारेमा पनि छलफल हुनेछ ।











प्रतिक्रिया