काठमाडौं, ३० असोज । सहायक रथी नैनराज दाहालले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सम्हालेका छन् । कार्यभार सम्हालेसँगै दाहाल आजैदेखि जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक पनि भएका छन् ।
सहायक रथी झंकर बहादुर कडायतले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच दाहाललाई कार्यभार हस्तान्तरण गरे ।
त्यसक्रममा सहायक रथी कडायतले करिव ७ महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी डिफेन्स विटसंग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट गरे ।
सञ्चार जगतको अहम् भुमिकाको उच्च कदर गर्दै उहाँले सेना र संचार जगत बीचको सम्बन्धमा सदाझंै हार्दिक सहयोग र शुभेच्छा नवनियुक्त सैनिक प्रवक्तालाई प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।













प्रतिक्रिया