
काठमाडौं, ३० असोज । पिछडिएको क्षेत्र सूचीकरणविरुद्ध आइतबार दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायधीश ओम प्रकाश मिश्रको एकल इजलासले सोमबार विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
निवेदकको तर्फबाट अधिवक्ताद्वय स्वागत नेपाल र टिकाप्रसाद कंडेलले वहस गर्नुभएको थियो ।
अधिवक्ता कृष्ण महराले आइतबार पिछडिएको क्षेत्र सूचीकरण बदरको माग गर्दै सर्वाेच्चमा निवेदन दर्ता गराएका थिए ।












प्रतिक्रिया