१ कार्तिक २०८३, आइतबार

इजरायलमा श्री स्वस्थानी ब्रतकथा र महाशिवरात्री कार्यक्रम हुने

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इजरायल । ॐ जनजागरण अभियान नेपालको आयोजनामा इजरायलमा श्री स्वस्थानी ब्रतकथा र महाशिवरात्रीको अवसरमा विशेष पूजाआजा कार्यक्रम हुने भएको छ ।

‘राष्ट्र, राष्ट्रियता, स्वाभिमान र मौलिक धर्म, संस्कार संरक्षणको अभियान’ भन्ने मूल नारासहित स्थापित ॐ जनजागरण अभियान नेपाल हिन्दूधर्मालम्बीहरु आबद्ध संस्था हो ।

नेपाल सहित विश्वका विभिन्न मुलुकमा क्रियाशिल रहेको ॐ जनजागरण अभियान नेपालले धर्म परिवर्तनमा रोक लगाउन माग गर्दै हिन्दूधर्मको संरक्षण र सम्बद्र्धनका लागि विशेष प्रचारप्रसार गर्ने अभियान थालेको ॐ जनजागरण अभियान इजरायलकी सचिव दीया चापागाईं बताइन् ।

‘राष्ट्र, राष्ट्रियताका साथै बैदिक सनातन धर्मको जगेर्ना गर्न ॐ जनजागरण अभियान नेपाल स्थापना गरिएको हो’, सचिव चापागाईंले भनिन्, ‘यो अभियान अझै सशक्तरुपमा अघि बढाइनेछ ।’

उनले ॐ जनजागरण अभियान नेपालको आयोजनामा नजिकै आइरहेको श्री स्वस्थानी ब्रतकथाको साङ्गे र महाशिवरात्रीको अवसरमा इजरायलको तेलअभिवमा विशेष पूजाआजा र प्रसाद ग्रहण गर्ने कार्यक्रम राखिएको बताइन् । सो कार्यक्रम आउँदो माघ १९ गते अर्थात् २ फ्रेबअरी २०१८ शुक्रबारका दिन हुनेछ ।

कार्यक्रममा सम्पूर्ण भक्तालुजन लगायत इजरायलमा रहेका नेपालीहरुलाई उपस्थित भई स्वस्थानी माताको प्रसाद ग्रहण गरिदिन हुन कार्यक्रमको आयोजक ॐ जनजागरण अभियान नेपालले एक बिज्ञप्ति प्रकाशित गरी अनुरोध गरेको छ ।

साथै, उक्त दिन इजरायलमा रहेका कुनैपनि नेपाली संघसंस्थाले कार्यक्रम नजुधाई दिन र एकअर्काको बिरुद्धमा अनावश्यक बक्तब्यबाजी नगरी कार्यक्रमलाई भब्य र सभ्यरुपमा सफल पारी दिन पनि जारी बिज्ञप्तिमा भनिएको छ ।

कार्यक्रमलाई विशेष रुपले सम्पन्न गर्न आवश्यक पहलकदमी थालिएको छ । कार्यक्रम कसैका बिरुद्ध नभई बैदिक सनातन धर्मको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यका साथ स्वस्थानी ब्रतकथा तथा महाशिवरात्रीको अवसरमा विशेष पूजाआजा र प्रसाद ग्रहण कार्यक्रम राखिएको ॐ जनजागरण अभियान इजरायलका कार्यबाहक अध्यक्ष भक्ती सापकोटाले बताए ।