काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) आठौं विश्व सम्मेलनको निर्वाचन अगाडि ५ जना उम्मेदवारहरू निर्विरोध भएका छन् ।
आज हुन गईरहेको एनआरएनएको मुख्य नेतृत्वको निर्वाचन अगाडि अफ्रिकाबाट एनआरएनएका ५ पदमा निर्बिरोध भएको हो ।
अफ्रिका क्षेत्रीय संयोजकमा सुनिल कार्की, केन्या उप–क्षेत्रीय संयोजकमा शिव शर्मा पौडेल, तान्जानिया, उप–क्षेत्रीय संयोजकमा डा.भुवन ढकाल, केन्या महिला उप–संयोजकमा मन थापा, नाइजेरिया युवा उप–संयोजकमा बाबुराम शर्मा, मोजाम्बिके सर्वसम्मत भएको स्रोतले जनाएको छ ।
केन्द्रीय नेतृत्वको लागि वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घले र उपाध्यक्ष भवन भट्टबीच प्रतिस्पर्धा हुँदैछ ।











प्रतिक्रिया