काठमाडौं, ३० असोज । मोबाइल फोन आयातकर्ताहरूको छाता संगठन “मोबाइलफोन इम्पोटर्स एसोसिएशन”को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौंका बाफलस्थित सोल्टी क्राउनप्लाजामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अध्यक्षता संगठनका अध्यक्ष दीपक मलहोत्राले गरेका थिए । साधारण सभाले ९ सदस्यीय नयाँ कमिटिको चयन गरेको छ ।
नवनिर्वाचित कमिटीले नेपाल सरकारसँग सहकार्य गरी अबैध तथा अनधिकृत रुपमा कारोबार हुने मोबाइलको कारोबारलाई निरुत्साहित एवं न्यूनीकरण गर्नेछ ।
साथै सभाले उत्कृष्ट व्यापारिक वातावरणको सिर्जना गरी ग्राहकहरुलाई सहज एवं सुविधाजनक तरिकाबाट उचित प्रतिस्पर्धात्मक वातावरणको निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ ।















प्रतिक्रिया