१ कार्तिक २०८३, आइतबार

ग्याब्रिएलका सक एब्जर्बर र टायर नेपालमा पनि बिक्री सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायर अब आधिकारिक रुपमा नेपालबाट बिक्री हुने भएका छन् । सत्यदीप इन्टरनेसनल र शिवम् इन्टरनेसनल ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायरका लागि आधिकारिक वितरक बनेका छन् ।

काठमाडौंमा च्यानल पार्टनर मिटको आयोजना गरी ग्याब्रिएल इन्डिया लिमिटेडका एक्सपोर्ट हेड अनिल शर्मा, जोनल म्यानेजर (इस्ट) नवेद बेग चुग्दाई र नेपालका लागि इन्चार्ज आरके सिंहले संयुक्त रुपमा यसको घोषणा गरे ।

सो अवसरमा सत्यदीप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दीपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जीव सिंह हमाल तथा शिवम इन्टरनेसनलका सञ्चालक मनोज कोचरको समेत उपस्थिति थियो ।

कार्यक्रममा काठमाडौं उपत्यकामा पार्ट्स व्यवसायमा संलग्न व्यवसायीहरुको सहभागिता थियो । सो अवसरमा ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायरका साथै कम्पनी र यसका अन्य उत्पादनको वारेमा समेत जानकारी प्रदान गरिएको थियो ।

ग्याब्रिएल इन्डियाले टु ह्विलर, थ्री ह्लिर, प्यासेन्जर कार र कमर्सियल गाडीहरुको सक एब्जर्बर उत्पादन गर्दै आएको छ । त्यसैगरी ग्याब्रिएल इन्डियाले दुई पांग्रे र तीन पांग्रे सवारीका लागि टायर उपलब्ध गराउदै आएको छ । छोटो समयमै यो टायरको भारतमा उच्च माग भएकाले नेपालमा समेत बिक्रीका लागि उपलब्ध गराएको कम्पनीको भनाइ छ ।

आनन्द ग्रुप अन्तर्गतको ग्याब्रिएल इन्डिया सन् १९६१ मा स्थापना भएको थियो । हाल कम्पनीले सक एब्जर्बर, स्ट्रट र फ्रन्ट फोर्क गरी अटोमोटिभ सेगमेन्टका ३ सय भन्दा बढी मोडलका उत्पादन उपलब्ध गराउदै आएको छ ।

भारतमा राइड कन्ट्रोल सम्बन्धी पार्ट्स उपलब्ध गराउने कम्पनीमा ग्याब्रिएल इन्डियाको नाम अग्रपंक्तिमा आउछ । भारतको पुनेलगायतका ७ स्थानमा यसका कारखाना रहेका छन् । भारतमा उत्पादन हुने विभिन्न कम्पनीका दुई पांग्रे तथा चार पांग्रे सवारीमा ग्याब्रिएलका सक एब्जर्बर ओरिजिनल इक्विपमेन्ट (ओई) को रुपमा सुरुमै फिटिङ भएर आउछन् ।

ग्याब्रिएल इन्डियाले जापानको केवाईबी, स्पेनको केवाईबीएसई र यामाहा मोटर हाइड्रोलिक सिस्टम, जापानसँग पहिलेदेखि नै प्राविधिक सहकार्य गर्दै आएको छ । हालै कम्पनीले केओएनआई सक एब्जर्भरसँग टेक्नोलोजी लाइसेन्स एग्रिमेन्ट समेत गरेको छ ।

उच्च स्तरीय तालिम प्राप्त जनशक्ति, उच्च पर्फमेन्सयुक्त उत्पादन र विश्वस्तरीय म्यानुफ्याक्चरिङ फ्यासिलिटी भएकाले ग्याब्रिएल इन्डिया विभिन्न पुरस्कार र सम्मानबाट समेत सुशोभित भएको छ । पछिल्लो समयमा द इकोनोमिक टाइम्स र द ग्रेट प्लेस टु वर्क इन्स्टिच्युट, इन्डियाद्वारा अध्ययन गरिएको ‘इन्डियाज द बेस्ट कम्पनीज टु वर्क फर २०१६’ मा ग्याब्रिएल इन्डिया पनि सूचीकृत भएको छ । विभिन्न कम्पनीहरुले प्रदान गरेका यस्ता दर्जनौ पुरस्कारबाट ग्याब्रिएल इन्डिया पुरस्कृत भइसकेको छ ।