२१ कार्तिक २०८३, शनिबार

धार्मिक तालमा पौडी खेल्दा वेपत्ता भएका रानाको शव १० दिनपछि भेटियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २९ असोज । आलिताल गाउँपालिका– ३ मा रहेको पर्यटकीय एवं धार्मिक ताल आलितालमा डुबेर बेपत्ता बलबहादुर मास्की राना मगरको शव १० दिनपछि शनिबार फेला परेको छ ।

आलितालमा यही असोज १९ गते पौडी खेल्न गएका आलिताल गाउँपालिका– ३ रक्सोनका ४१ वर्षीय मगर डुबेर बेपत्ता भएका थिए । तालमा तैरिरहेको अवस्थामा मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।