११ मंसिर २०८३, शुक्रबार

कांग्रेस र लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण हुँदै, बालुवाटारबाट आयो निम्तो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेपाली कांग्रेस र नेपाल फोरम लोकतान्त्रिकबीच आज पार्टी एकता हुने भएको छ ।

साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीबीच एकता हुन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनले एकता कार्यक्रममा सहभागिताका लागि सञ्चारकर्मीलाई निम्तो समेत पठाएका छन् ।

एमाले, माओवादीबीच वाम गठबन्धन भएपछि कांग्रेसले साना दलसँग गठबन्धनको गृहकार्य थालेको छ । यसैक्रममा विजय गच्छदार नेतृत्वको फोरम कांग्रेसमा मिसिन पुगेको हो ।

गच्छदार पहिले कांग्रेसले उत्पादन गरेका नेता हुन् । जनआन्दोलनपछि उनले कांग्रेस, उपेन्द्र यादवलाई छोड्दै आफ्नै नेतृत्वमा पार्टी खडा गरेका थिए ।